इन्गेजमेन्ट टुटेपछि मृत्यु प्रकरण: युवक संग्रौला हिरासतमै, बुबाआमा छुटे
काठमाडाैं | मंसिर २०, २०७९
काठमाडौं: धुम्बाराहीमा आफैंलाई पेट्रोल खन्याएर जलाएकी महिलाको मृत्यु प्रकरणमा पक्राउ परेका चार जनामध्ये तीनजना थुनामुक्त भएका छन् । मृतक नुवाकोटकी २७ वर्षीया पुष्पा न्यौपानेसँग इन्गेजमेन्ट गरेका युवक २९ वर्षीय सुधन संग्रौला चाहिं हिरासतमै छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीका अनुसार जिल्ला अदालत, काठमाडौंले सुधनबाहेक अन्यलाई हिरासतमा राख्न अनुमति दिएन ।
प्रहरीले सोमबार सुधनसहित उनका बुबा ५७ वर्षका दिनेश संग्रौला, आमा बिन्दु संग्रौला र २९ वर्षका मधु संग्रौलालाई पक्राउ गरेको थियो ।
जाहेरी आएपछि परिवारका अन्य सदस्यलाई पनि पक्राउ गरिएपनि अदालतले थुनामा राख्न अनुमति नदिएको प्रहरीले जनाएको छ । एसपी मैनाली भन्छन्, ‘हाजिर जमानीमा राखेर अनुसन्धान गर्न भनेपछि एकजनालाई मात्र नियन्त्रणमा राखेका छौं ।’
पोखरा । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ । पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...
पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ । मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रेस रजिस्ट्रारको का...

